बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ फागुन १२ गते २२:४१

काठमाडौं, १२ फागुन । लामो समयदेखि चल्दै आएको राष्ट्रपति पदको रक्साकस्सी लगभग अन्तिम चरणमा पुगेको छ ।

एमाले बाहेकका आठ दलको बैठकले राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेसँगै वर्तमान गठबन्धन भत्किएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच राष्ट्रपति काँग्रेसलाई दिने सहमति भएको हो ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. अन्तत काँग्रेसलाई राष्ट्रपति : नेपाली काँग्रेसलाई राष्ट्रपति दिने एमाले बाहेकका आठ दलबीच सहमति, अब उपराष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल, कार्यकालको बाँडफाँटलगायत विषयमा पछि कार्यदल बनाएर छलफल गर्ने ।

२. प्रचण्डले गठबन्धन तोडे : राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाई, ८ राजनीतिक दलको निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको टिप्पणी ।

३. विपत्ति आइलाग्यो : तेर्‍हथुमको आठराई गाउँपालिका ६ मा भीषण आगलागी, दुई जना बालकको जलेर मृत्यु, १४ घर जलेर नष्ट ।

४. सार्वजनिक विदाका दिनमा पनि सेवा : सार्वजनिक विदामा अत्यावश्यकीय सेवा प्रवाह सुुचारु गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, कर्मचारीलाई सट्टा विदा दिने ।

५. प्रस्ताव र समर्थक नबस्ने : राष्ट्रपतिको निर्वाचनमा प्रस्ताव र समर्थक नबस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय, राष्ट्रपति निर्वाचनमा मतदान गर्ने कि नगर्ने भन्नेबारे फागुन २३ को बैठकबाट निर्णयमा पुग्ने ।

७. सन्दीप विदेश जान नपाउने भए : सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई दिएन विदेश जाने अनुमति, लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्च अदालतमा नै विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबार संयुक्त इजलासमा पेसी तोक्न आदेश ।

८. सांसद चौधरीले मतदान गर्न पाउने : केही दिनअघि कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राष्ट्रपतिको निर्वाचनमा भोट हाल्न पाउने, मतदाता नामावलीमा नाम समावेश गरियो ।

९. दिलिपलाई न्याय : अवैध उत्खननविरुद्ध आवाज उठाउँदा हत्या गरिएका धनुषाका दिलीप महतोको हत्यामा संलग्न २ जनालाई २५ वर्ष र एकजनालाई १२ वर्षको कैद फैसला, विपिन महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष र जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय ।

१०. हदैसम्मको कारबाही होस् : क्वालालाम्पुरबाट काठमाडौँ आइरहेको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ का दुई पाइलट एयर होस्टेसलाई दुव्र्यवहार गरेको आरोपमा निलम्बित, क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर सँगै राखेको उजुरी ।

११. भ्रष्टाचार गर्नेहरुविरुद्व मुद्दा : सरकारी रकम हिनामिना गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपप्रमुख र उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर, स्वास्थ्य चौकीमा ग्याबिन पर्खाल निर्माण गर्दा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्य झुटा भरपाई देखाएर ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ अनियमितता गरेको आरोप ।

१२. विधेयक दर्ता : प्रतिनिधिसभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६’ लाई संशोधन गर्न बनेको विधेयक दर्ता, संवैधानिक परिषद्को निर्णय प्रक्रिया र गणपूरक सङ्ख्यामा संशोधनको प्रस्ताव ।

१३. हात्तीको आक्रमणबाट विदेशीको मृत्यु : चितवनको रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु, मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार

१४. रुस निलम्बनमा : विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्सद्वारा रूसको सदस्यता निलम्बन, नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश ।

१५. नेपालको विजयी सुरूवात : आईसीसी यू–१९ विश्वकप एसिया रिजन छनोटमा सिंगापुरलाई ९६ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात, सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन मात्रै बनायो ।

 

प्रतिक्रिया
सम्बन्धित