१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्दा सरकार सङ्कटमा पर्‍यो भने हामी व्यहोर्छौँ : प्रकाशशरण महत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सवैको समर्थन रहने दाबी गरेका छन् ।

आज शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरुसँग सकारात्मक रुपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने दाबी गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ । प्रवक्ता महतले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे ।

यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाइ छ ।

उनले अरु विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको जिकिर गरे ।