
काठमाडौं, १२ फागुन । हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरू भएको छ ।
आज शुक्रबार बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरू गरेका हुन् ।
हिमालयन बैंकले सिभिल बैंकलाई १००:८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव २८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए । रू. ६ करोडबाट सुरू भएको बैंक हाल रू. १४ अर्ब पुँजीको बनेको छ ।
यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको बताए । हिमालयन बैंक आफँैमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए ।
सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको चुक्तापुँजी रू. ३४ अर्ब पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाँै ठूलो बैंक हो । यस्तै बैंकको रू. दुई खर्ब ७४ अर्ब निक्षेप, रू. दुई खर्ब ५० अर्ब कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कूल शाखा १८९ भएका छन् ।















प्रतिक्रिया