३ कार्तिक २०८३, मंगलबार

सन्दीप लामिछानेको मुद्दाको पेसी आज

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ ।

लामिछानेले बिहीबार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।