१ कार्तिक २०८३, शनिबार

‘मुन्द्रेको कमेडी क्लब’ अब नयाँ स्वरुपमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ अब नयाँ स्वरुपमा देखिने भएको छ ।

यसअघि नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको सो कार्यक्रम अब नयाँ स्वरुपसहित कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रशारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनेछिन् ।

यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिा बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिननेछन् । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्दैछन् ।