
अर्घाखाँची, ९ फागुन । नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले एमाले गठबन्धन बलियो बनाउन लागि परेको बताएका छन् ।
‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रम उनले एमालेको तर्फबाट गठबन्धन मजबुत बनाउन लागिपरेको बताउँदै माओवादीले पनि बैमान राजनीति गर्न नहुनेतर्फ सचेत गराए ।
नेकपा एमालेले वर्तमान सरकार सफल बनाउन कुनै कसर बाँकी नराख्ने थापाको भनाइ छ । उनले राष्ट्रपति निर्वाचन र त्यसबाट प्राप्त हुने परिणामले नेपालको राजनीतिक कोर्सले थप स्पष्ट पार्ने बताएका छन् । सांसद थापाले माधव नेपाल सच्चिएर आए एमालेले पनि सोच्न सक्ने ठाउँ अझै रहेको बताएका छन् ।
अर्काे एक फरक प्रसङ्गमा उनले नेकपा मसाल विघटनतर्फ गइरहेको बताएका छन् । प्युठानमा मसाललाई सक्दै नेकपा एमाले ठूलो दल बनाएको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिनेश पन्थीले पार्टीको विभिन्न पुस्तक अध्ययन गर्ने क्रमलाई निरन्तर दिन कार्यकतालाई निर्देशन दिए । नेकपा एमाले अर्घाखाँची जनताको लोकप्रिय पार्टी बनाउन सफल भएकोमा बधाइ ज्ञापन समेत गरे ।
नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश रामजी प्रसाद घिमिरेले पार्टीलाई गतिशील बनाउन अहिले यो अभियान सुरू गरिएको बताए ।















प्रतिक्रिया