
काठमाडौं, ९ फागुन । कालीमाटी फलफूल तथा बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको प्रतिकिलो अधिकतम मूल्य २२० रुपैयाँ तोकिएको छ भने हरियो अंगुरको प्रतिकिलो १४० रुपैयाँ रहेको छ ।
यस्तै अनारको प्रतिकिलो ३००, अम्बाको १२०, सुकेको खुर्सानीको ४५०, गान्टेमुलाको ७०, गोलभेडा ठूलो नेपालीको ४० रुपैयाँ अधिकतम मूल्य निर्धारण गरिएको छ भने टाटे सिमीको ८०, तरुलको ७०, तामाको १००, न्यूरोको १२० रुपैयाँ मूल्य तोकिएको छ ।















प्रतिक्रिया