१ कार्तिक २०८३, आइतबार

लगातार तेस्रो जित निकाल्ने क्रिकेट टोलीलाई पुरस्कृत गरिने

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । काठमाडौंमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप ‘लिग–टु’अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा लगातार तेस्रो जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई पुरस्कृत गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलाडीहरूलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।

शनिबार साँझ प्रधानमन्त्री दाहालले उनको ट्विटर एकाउन्ट ‘कमरेड प्रचण्ड’मार्फत खेलाडीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘काठमाडौंमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप ‘लिग–टु’अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रर्दशनबाट लगातार तेश्रो जित निकाल्न सफल भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउँछु ।’