३ कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष सम्बन्धी सहमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच छात्रवृत्ति अक्षय कोष स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् ।  उनीहरुबीच ‘नेपाल प्रहरी ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने अभियानमा सहकार्य गरेकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए । यसले तल्लो दर्जाका प्रहरी कर्मचारीमा मनोबल वढाउनेमा आफु विश्वस्त रहेको उनको भनाई छ । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्णरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘नेपाल प्रहरी ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षयकोष’ कार्यक्रम आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुनेछ ।