३ कार्तिक २०८३, मंगलबार

हेटौंडामा पार्किङ गरिएको अटोबाट २५ किलो गाँजा बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मकवानपुर, ६ फागुन । प्रहरीले हेटौंडा-१ चाईना क्वाटर स्थित अमर मावि नजिकै सडकमा पार्किङ गरिएको अटोबाट २५ किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।

शुक्रबार विशेष सूचनाको आधारमा ना १ ह ८९६६ नम्बरको अटोबाट २५ किलो ७ सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले गाँजा लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त भएपछि अटो खोज्ने क्रममा सडक छेउमा पार्किङ गरेर राखेको अवस्थामा फेला परेको बताए ।

उनले अटोको पछाडिको तल्लो भागमा फ्लसबटम बनाएर गाँजा राखिएको अवस्थामा फेला परेको बताए । उनले अटो चालकको खोजि कार्य भइरहेको जानकारी दिए ।