३ कार्तिक २०८३, मंगलबार

महासंघद्वारा पत्रकार कुटपिटको भत्र्सना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । नेपाल पत्रकार महासंघले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भत्र्सना गरेको छ । महासंघ काठमाडौं शाखाका सदस्य एवं खप्तड टिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी महासंघले भत्र्सना गरेको हो ।

फागुन २ गते मंगलबार समाचार संकलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार विकलाई विनाकारण अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको थियो । “स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ”, महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ । त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पनि शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल उपत्यका समन्वय समितिका उपाध्यक्ष रहेका पत्रकार विकलाई कुटपिट गर्ने दोषीमाथि कारबाही गरी र पीडितलाई क्षतिपूर्तिको माग पनि संघले गरेको छ ।