
काठमाडौं, ५ फागुन । सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था अन्त्यको प्रयास गर्ने वचन दिएका छन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँधबाट वागमती नदीमा पानी छाड्न आयोजित कार्यक्रममा उनले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै समस्या समाधान गर्न लागिपर्ने बताए ।
उनले भने, ‘आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान प्रयास गर्छु ।’
त्यस्तै उनले सडक कालोपत्रे गर्ने विषयमा समेत पहल गर्ने बताए । उनले भने ‘सडक खुलेको ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय हो, यस विषयमा सरोकार भएका निकायबीच बैठक गरी समस्या समाधान गर्न प्रयास गर्छौँ ।’
अर्को प्रसंगमा उनले ‘डिजाइनिङ’ र ‘सुपरभिजन’ गलत गर्ने इञ्जीनियरलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिए ।















प्रतिक्रिया