२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

गएराती बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिण्डर विस्फोट भएपछि नेता भण्डारी गम्भीर घाइते भएका हुन् । भण्डारीसँगै घाइते भएकी भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने निधन भएको छ ।

हरिकलाको कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । सांसद भण्डारीलाई भने थप उपचारका लागि भारत लगिएको छ । पछिल्लो समय नेपालमा पनि खाना पकाउन एलपी ग्यासको प्रयोग बढ्दो छ ।

माग बढेसँगै यसबाट घट्ने घटना पनि बढ्दै गएका छन् । ग्याँस लिक भएर आगलागी हुने, सिलिण्डर नै विष्फोट हुने घट्ना बढिरहेका छन् । जसका कारण मानिसको अंगभंग हुनेदेखि ज्यानै जाने गरेको छ ।

हेरौँ बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–

१. डरलाग्दो घटना : बुधबार राति काँग्रेस सांसद चन्द्रकान्त भण्डारीको काठमाडौंस्थित बुद्दनगरको घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु, सांसद भण्डारी गम्भीर घाइते

२. शिघ्र स्वास्थ्य लाभको कामना : ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका काँग्रेस सांसद चन्द्रकान्त भण्डारीलाई थप उपचारका लाागि भारतको मुम्बई लगियो, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार हुने ।

३. आ–आफ्नै रटान : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घण्टा वान टू वान वार्ता, दुवै नेताले अडान नछोड्दा राष्ट्रपतिमा जुटेन सहमति ।

४. नियमावली मस्यौदा पारित : प्रतिनिधि सभा नियमावली मस्यौदा पारित, महाअभियोग प्रस्तावमाथिको कारबाही प्रतिनिधिसभाले बढीमा पाँच महिनाभित्रै टुंगो लगाइसक्नुपर्ने समय अभावले नटुंगिए नयाँ संसद्ले आवश्यक निर्णय गर्न सक्ने व्यवस्था ।

५. प्रधानमन्त्री दुखी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा ग्यास सिलिण्डर विष्फोटमा मृत्यु भएकी काँग्रेस सांसद चन्द्र भण्डारीप्रति श्रद्दाञ्जली व्यक्त, गम्भीर घाइते सांसद भण्डारीको शिघ्र स्वास्थ्य लाभको कामना ।

६. भारतबाट घटेर आयो, नेपालमा पनि घट्ला ? : भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको प्रतिलिटर १ रुपैयाँ ९७ पैसा, डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आयो ।

७. बैठक बस्दै : जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने, विधान अधिवेशनको तयारी, लगायत समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने ।

८. आयो कार्यतालिका : चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, फागुन १९ गते विद्यार्थी संगठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध, फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

९. बालेनलाई हाइसन्चो : निर्वाचन खर्च नबुझाउने उमेदवारलाई तत्काल कारबाही नगर्न सर्वोच्च अदालतको निर्वाचन आयोगलाई आदेश, संवैधानिक र प्रक्रियागत त्रुटिको प्रश्न उठेको जिकिर ।

१०. बस दुर्घटना : नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १२ चैनपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा विदुर नगरपालिका–३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिला, महिलाको पहिचान खुल्न बाँकी ।

११. कुलपतिले लिए सपथ : नवनियुक्त तीन जना कुलपतिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट लिए पद तथा गोपनीयताको सपथ, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दिए शपथ ।

१२. थप १५ जना पक्राउ : गत सोमबार काठमाडौंको गोंगबुमा यातायात मजदुरको आन्दोलनका क्रममा तोडफोड र लुटपाटमा संलग्न थप १५ जना पक्राउ, पक्राउ पर्ने अधिकांश गाडीका चालक र सहचालक ।

१३. बिचौलिया पक्राउ : बबरमहलस्थित वाणिज्य विभागबाट तीन जना बिचौलिया पक्राउ, पक्राउ पर्नेहरूमा उदयपुरका ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछापका ३४ वर्षीय राज लामा र उदयपुर का २९ वर्षीय निरज बुढाथोकी ।

१४. भारत–जापान संयुक्त अभ्यास : भारत–जापान संयुक्त प्रशिक्षण अभ्यास “धर्म अभिभावक“ जापानको शिगा प्रान्तको क्याम्प इमाजुमा फेब्रुअरी १७ देखि मार्च २ सम्म सञ्चालन हुँदै, “धर्म संरक्षक“ अभ्यासले भारतीय सेना र जापानी भू–आत्मरक्षा बलबीचको रक्षा सहयोगको स्तरलाई अझ बृद्धि गर्ने विश्वास ।

१५. दीप बने कप्तान : गोलकिपर दीप कार्की मनाङ मस्र्याङदी क्लबको क्लबको कप्तान नियुक्त, दीपको कप्तानीमा टिमले उत्कृष्ट नतिजा निकाल्ने विश्वास ।