३ कार्तिक २०८३, मंगलबार

मधेस प्रदेशसभाः विभिन्न विषयगत समिति गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ४ फागुन । मधेस प्रदेशसभाको बैठकले विभिन्न विषयगत समिति गठन गरेको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राखेको प्रस्ताव बैठकले पारित गरेको हो ।

प्रदेशसभा बैठकमा पेश हुने विषयको प्राथमिकता, समयावधिको निर्धारणणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएका अन्य विषयमा परामर्श गर्न गठन गरिने कार्यव्यवस्था तथा परामर्श समितिमा लखनदास तत्मा, हरिनारायण महतो, कुमारकान्त झा, जिवछीकुमारी यादव, रामअशिष यादव, चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन विछा, विमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह रहेको र नेकपा (माओवादी केन्द्र)बाट नाम आउन बाँकी रहेको सभामुखले जानकारी दिए ।

त्यसैगरी प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम विभिन्न विषयगत समितिसमेत गठन गरिएको छ । जसअनुसार सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिश पटेल, भन्दनकुमार सिंह, जनार्दनसिंह क्षेत्री, मञ्जुकुमारी थापामगर, मनिसकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शङ्करप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो रहेका छन् ।

अर्थ तथा योजना समितिमा जङ्गीलाल राय, जैनव खातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, फुलोकुमारी देवी, मालाकुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्यामप्रसाद पटेल, सञ्जयकुमार महतो, सकिल मियाँ र सतिशकुमार सिंह रहेका छन् ।

त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिमा सरिताकुमारी साह, कौशलकिशोर राय, निलमकुमारी रजक, पलटीदेवी महरा, पल्टीदेवी यादव, बच्चा राउत अहिर, मोहम्मद रजी हैदर, मोहम्मद समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, शहिदा खातुन, सारदादेवी थापा र उर्मिलादेवी सिंह रहेका छन् ।

प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपतिदेवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह र हसिना खातुन, प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, सारदा दास पहाडी र ममतादेवी मण्डल रहेका छन् ।

त्यसैगरी महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्रकुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्द्रप्रसाद पटेल, फकिरा महतो, भाग्यश्रीकुमारी चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी, रुपाकुमारी यादव, ललिता दास, विनादेवी शर्मा र सकुन्ती देवी रहेका छन् ।

विकास समितिमा शारदाशङ्करप्रसाद कलवार, कञ्चन विछा, जयनुल रायन, जवाहरलाल कुशवाह, प्रमोदकुमार जयशवाल, शोभा देवी, मोहम्मद समिर, मीनाकुमारी लामा, रत्नेश्वर गोइत यादव, रवीन्द्रदास श्रेष्ठ, राजेन्द्रप्रसाद चौधरी थारु, रामसरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमला अन्सारी तरन्नुम रहेका छन् ।

यसअघि विशेष समयमा प्रदेशसभा सदस्यले भ्रष्टाचार निवारण, स्वास्थ, शिक्षा, रोजगार, पूर्वाधार निर्माणलगायत जनजीविकासँग जोडिएका विषयमा आआफ्नो धारणा राखेका थिए । उनीहरूले मधेस प्रदेशमा हाल देखिएका समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने धारणा राखेका थिए । प्रदेशसभाको अर्को बैठक आज (बिहीबार) बिहान ११ बजे बस्नेछ ।