
काठमाडौं, २ फागुन । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
सोमबार सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया