३ कार्तिक २०८३, मंगलबार

सानका अध्यक्षमा डा श्रेष्ठ निर्वाचित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सोसाइटी अफ एनेष्थेसियोलजिष्ट्स अफ नेपाल (सान)को अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

यसैगरी प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा वासुदेव पराजुली, सह सचिवमा डा सन्दिप भण्डारी र कोषाध्यक्षमा डा पूजा थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा तारा गुरुङ, डा अमित शर्मा भट्टराई, डा सुरज लामिछाने, डा रुपेशकुमार गामी र डा प्रकृति पोखरेल निर्वाचित भएको निर्वाचन समितिका प्रमुख डा शम्भुबहादुर कार्कीले जानकारी दिए ।

नयाँ कार्यकारी कमिटीका लागि माघ २८ गते निर्वाचन सम्पन्न भएको थियो ।