शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २९ गते २२:१९

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ । अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाएको हो ।

गत जेठ १५ गते सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाउदै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड बनाइएको जानकारी दिए ।

त्यस्तै चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड र पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयँँमा झारिएको उनले बताए । त्यस्तै मन्त्रालयले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ ।

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा त्यसलाई घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. घटाइयो बजेट : सरकारले घटायो चालु आर्थिक वर्षको बजेट, अर्धवार्षिक बजेट समीक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटायो ।

२. उपनिर्वाचनको मितितोकियो : चितवननिर्वाचन क्षेत्र नम्बर २ माउपनिर्वाचनको मितितोकियो, बैशाख १० गते निर्वाचनगर्ने निर्वाचनआयोगको निर्णय ।

३. सरकार ढाल्ने षड्यन्त्रहुँदैछ : अहिलेको सरकार ढाल्ने षड्यन्त्रभइरहेको नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीको भनाई, देशमाकामगर्न नदिने तत्वहरु सक्रिय रहेको भनाइ ।

४. विदामा विरोधै–विरोध : जनयुद्धदिवसको अवसरमाभोलि सार्वजनिकबिदादिने सरकारको निर्णय, बिदा धेरै भएको भन्दै कटौतीगर्ने निर्णय गरेको सरकारले नै अर्को बिदादिने निर्णय गरेपछि आलोचना सुरु ।

५. रवि नै पुनउम्मेदवार : रवि लामिछाने चितवननिर्वाचन क्षेत्र नम्बर २ माउपनिर्वाचन लड्ने, लामिछानेलाई आधिकारीकउम्मेदवार तोक्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी ।

६. रास्वपा फेरि सरकारमाजाला त ? : आइतबारको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पुन राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमाल्याउने विषयमा छलफल, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी बैठकमै गएनन् ।

७. पार्टीमाव्यापक परिवर्तन गर्छौँ : पार्टीमाव्यापक परिवर्तन गरिने प्रधानमन्त्रीएवं नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, दुई महिना पार्टीको तल्ला कमिटी जाने र जनता, कार्यकर्तासँग अन्तरक्रियागर्ने भनाइ ।

८. अबको सवारी कार्यविधि कस्तो ? :विशिष्ठ व्यक्तिहरुको सवारी कार्यविधि संशोधनगर्न सरकार तयार, सरकारसँग ६ बुँदे सहमतिसँगै नेपालचिकित्सक संघद्वारा आन्दोलन स्थगित ।

९. प्रधानमन्त्री र राजदूतबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीबीच सिंहदरबारमा भेटवार्ता, द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल ।

१०. आर्थिक वृद्धिदर हासिल नहुने : सरकारले चालु आर्थिक वर्षका लागि राखेको आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, चालु आर्थिक वर्षका लागि मूल्य वृद्धिमा राखिएको वाञ्छित सीमा नाघ्यो ।

११. दोष राष्ट्रपतिको होइन : सवारीका क्रममा हुने जामका कारण राष्ट्रपतिले आलोचना खेप्नु परेको भन्दै एमाले सांसद रघुजी पन्तको असन्तुष्टि, सवारी जाम हुनुमा राष्ट्रपतिको दोष नरहेको भन्दै सरकार र सुरक्षा संयन्त्रको दोष भएको भनाइ ।

१२. विचार मिल्नेसँग हातेमालो : विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, मुलुकलाई निकास दिनकालागि सहमतिमा अगाडि बढ्नु अहिलेको आवश्यकता भएको जिकिर ।

१३. कामदारका लागि हेल्प डेस्क : विभिन्न मुलुकमा रहेका नेपाली दूतावासमा श्रमिकहरुका लागि हेल्प डेस्क राख्ने सरकारको निर्णय, विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीले चासो राख्दै हेल्पडेस्क राख्न निर्देशन दिए अनुसार आवश्यक गृहकार्य थालिएको भनाइ ।

१४. भूकम्पले लियो हजारौँको ज्यान : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार गएको भूकम्पमा परी हालसम्म २८ हजार भन्दा धेरैको मृत्यु, टर्कीएमा भग्नावशेषमा पुरिएकी १० वर्षीया बालिकाको १४७ घण्टापछि सकुशल उद्दार ।

१५. तीन महिनामा बर्खास्त : इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले मुख्य प्रशिक्षक नाथन जोन्सलाई गर्‍यो बर्खास्त, नाथनको नेतृत्वमा साउथह्याम्पटनले १४ खेलमा ९ हार व्यहोरेपछि तीनवर्षको सम्झौता भएकामा तीन महिनामै हटाइए ।

प्रतिक्रिया
सम्बन्धित