
बाजुरा, २८ माघ । तीन पुस्ता देखि हालिया बनेकाहरू अझै पनि हलियानै छन् भन्दा अनौठो लाग्न सक्छ । बाजुरा पूर्व उत्तर क्षेत्र स्वामिकार्तिक गाउँपालिका वडा नं –५ जेराका मूल विकको यथार्थ जीवन हो । उनी लगायत बाजुराका एक हजार ६ सय बढी हालिया परिवारको अवस्था यस्तै छ ।
६५ वर्षीय विक भन्छन्, म पनि अहिले अर्कैको घरमा हालिया बसेर परिवार पालिरहेको छु तर अव मेरो पछिल्लो पुस्ताले पनि यस्तो गर्नुपर्ने बाध्यता कहिले सम्म, हाम्रो लागि राज्य छैन ? । उनी भन्छन्, आफ्नो नाममा न घर छ, नत जमिन नै छ, । अहिले न जमिन किन्न सकियो त घरबारको व्यवस्था गर्न सकियो । जमिन नहुँदा घर बासको व्यवस्था पनि गर्न सकिएन । साहुको घरमा हालिया बसेर परिवार पालिरहेको छु । उनी भन्छन्, साहुको गोठमा चिसोका रात काटिरहेको छु ।
अरूकै घरमा हालिया बसेर परिवार पालि रहेको छु, बिहान बेलुका दिनभर अर्कैको घरमा काम गर्छु । काम गरेपछि साहुले गाँस दिन्छन् । काम नगरे भोकै बस्नु पर्छ विकले दुखेसो पोख्दै भने । विकले तीन छोरा, तीन छोरी र श्रीमती गरी ८ जनाको परिवार यसरी नै गुजारा गर्दै आएका छन् । खानलाई बोनीबुतो गरे पनि बासका लागि पनि घर नभएपछि पीडामा छन् विक परिवार ।
उमेर ढल्कियो कलिला छोरा, छोरी बिजोग हुने भन्दै उनी राज्यले सानो बस्ने बासको व्यवस्था गरिदिन माग गर्छन् । मूल विककी छोरी पिप्ला विक भन्छिन्, आफूलाई पढ्ने मन छ तर के गर्ने सबै परिवारले अरूकै घरमा काम गर्नु पर्छ । काम नगरेपछि साहुले खान दिँदैनन् । साहुको काम गर्दा गर्दै पढाइ पनि कमजोर हुँदै गएको बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।













प्रतिक्रिया