शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २६ गते २१:२३

काठमाडौं, २६ माघ । गठन भएको एक महिनामै सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ ।

नेकपा (एमाले) बाट मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संसदबाट विश्वासको मत नपाएपछि सरकार ढलेको हो ।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एक महिनामै रावल पदमुक्त भएका हुन् । यसैबीच सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

हेरौँ बिहीबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. शाह बने नयाँ मुख्यमन्त्री : सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कमलबहादुर शाह नियुक्त, भोलि सपथ लिने ।

२. उही राजनीतिक अस्थिरता : गठन भएको ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाएनन् संसदबाट विश्वासको मत ।

३. नवनियुक्त मुख्यमन्त्रले पनि विश्वासको मत पाएनन् भने ? : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने, विश्वासको मत नपाए प्रदेशमा नयाँ निर्वाचन हुने ।

४. देशको राजनीति कता जाँदैछ ? : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता, समसामायिक राजनीतिक अवस्थाकाबारेमा छलफल ।

५. बैठक स्थगित : बिहीबारका लागि तय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित, बैठक शुक्रबार बिहान ९ बजे बस्ने ।

६. राष्ट्रपतिले सम्बोधन गर्ने : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने, राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्ने ।

७. संविधान कार्यान्वयनमा जोड : राष्ट्रपतिमा सबैलाई मान्य हुने व्यक्ति खोज्नुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, राष्ट्रपति कुनै दलको इसारामा चल्दाको नतिजा भोगेको टिप्पणी ।

८. राष्ट्रपति हत्याउने दौड : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर काँग्रेस महामन्त्री गगन थापाले गरे काँग्रेसलाई राष्ट्रपति दिन आग्रह, समसमायिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल ।

९. ग्रासरुट अभियान : नेकपा एमालेले फागुनबाट दुई महिने ग्रासरुट अभियान सञ्चालन गर्ने, केन्द्रीय कमिटीका सदस्यहरुले दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजना अनुसार कार्यसम्पादन गर्नुपर्ने ।

१०. नाम र चुनाव चिन्ह फेर्दै : माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिन्ह फेर्ने, पार्टीको संरचनामा आमुल परिवर्तन ल्याउने उद्देश्यका साथ नाम र चुनाव चिह्न फेर्न लागिएको भनाइ ।

११. छुटेकालाई पुन: जोड्दै : छुटेकालाई जोड्न अभियानमा माओवादी केन्द्र, माओवादी केन्द्र र माओवादी समाजवादीबीच पार्टी एकता गर्ने सहमति ।

१२. न्यायाधीस नै नक्कली : नक्कली शैक्षिक प्रमाणपत्रमा तत्कालीन न्यायाधीश ओमकार उपाध्याय दोषी ठहर, उपाध्यायलाई तीन हजार रुपैयाँ जरिवाना गर्ने विशेष अदालतको फैसला ।

१३. प्रधानन्यायाधीस नियुक्त गर्न माग : अविलम्ब प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्न माग गर्दैै सर्वोच्च अदालत बार एसोसिएसनले संवैधानिक परिषद्लाई पठायो पत्र, सर्वोच्च अदालत अझै पनि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहनु उचित नहुने भनाइ ।

१४. भूकम्पको पीडा : भूकम्पमा परेर टर्की र सिरियामा हालसम्मा १७ हजार भन्दा धेरै मानिसको मृत्यु, संयुक्त राष्ट्र संघले सिरियामा पठायो सहयोग ।

१५. उपविजेतामा चित्त बुझाउन बाध्य : साफ यु–२० महिला च्याम्पियनशिपमा नेपाल उपविजेतामा सीमित, नेपाललाई ३–० गोलले हराउँदै बंगलादेश बन्यो च्याम्पियन ।

प्रतिक्रिया
सम्बन्धित