२८ आश्विन २०८३, बुधबार

भूकम्पले टर्कीको जमिन नै साढे तीन मिटर सर्‍यो (भिडिओसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । टर्कीमा सोमबार गएका दुईवटा शक्तिशाली भूकम्पको कारण जमिन नै सरेको छ ।

भूगर्भविदका अनुसार भूकम्पले गर्दा टर्की अवस्थित रहेको टेक्टोनिक प्लेटलाई १० फिट पर सारिदिएको छ । जसका कारण टर्कीको भौगोलिक अवस्थिति नै साढे ३ मिटर सरेको छ ।

सोमबार टर्कीमा गएको ७.८ र ७.५ रेक्टर स्केलका दुईवटा शक्तिशाली भूकम्पको झट्काले गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

वैज्ञानिकहरुका अनुसार भूकम्पका कारण एनाटोलियन प्लेट र अरेबियन प्लेटबीचको १४० मिटर लामो फल्टलाइनमा चिरा परेको छ ।