
काठमाडौं, २६ माघ । गत सोमबार अमेरिकाको न्यूयोर्कमा नातिनीलाई विद्यालय पुर्याउन गएकी मनमाया मगर हराइन् ।
क्विन्सबाट सोमबारदेखि बेपत्ता ७५ वर्षीया मनमाया मगर श्रीमानसँगै नातिनीलाई छोड्न स्कुल गएकी थिइन् । मनमाया शौचालय जान्छु भन्दै बाटोमा श्रीमान र नातिनीसँग छुट्टिएकी थिइन् । तर, उनका श्रीमानले नातिनीलाई स्कुल पुर्याएर फर्किँदा पनि मनमाया फर्किनन् ।
उनी नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। प्रहरीले पनि सूचना नै जारी गरेर उनको खोजी सुरु गर्यो अन्तत मनमाया बुधबार बेलुकी एक अस्पतालमा फेला परेकी छिन् । उनी स्थानीय कोने आइल्यान्ड अस्पतालमा फेला परेकी हुन्।
श्रीमान र नातिनीसँग छुट्टिएपछि हराएकी मनमायाँलाई कसैले भेट्टाएर अस्पताल भर्ना गरिदिएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
अमेरिकामा छोराबुहारीसँग बस्ने उनी ४ महिनाअगाडि मात्र अमेरिका पुगेका थिए ।













प्रतिक्रिया