शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २४ गते २१:५७

काठमाडौं, २४ माघ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, राष्ट्रपतिको निर्वाचन लगायका विषयमा छलफल भएको थियो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कान्पिुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गर्दै सिरोहियासहित विभिन्न मिडिया र सम्पादकहरुमाथि विभिन्न आरोप लगाएका थिए ।

हेरौँ मंगलबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. प्रचण्ड–ओली भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, राष्ट्रपतिको निर्वाचन, सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने लगायत विषयमा छलफल ।

२. मन्त्रिपरिषद्को निर्णय : पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय, रक्षा मन्त्री हरि प्रसाद उप्रेतिको फाल्गुन १ देखि ५ गतेसम्म हुने भारत भ्रमण स्वीकृत गर्ने लगायत १४ निर्णय ।

३. सरकारी बिदा धेरै भयो : सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, सबै कार्यक्रमको चरित्र एउटै भएकाले कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे छलफल आवश्यक रहेको धारणा ।

४. उपाध्यक्षद्वारा सपथग्रहण : राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा पद तथा गोपनीयतको सपथ ग्रहण, राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराए सपथ ।

५. पुष्टि गर्न चुनौती : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूमाथि लगाएका आरोप पुष्टि गर्न कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको चुनौती, लामिछानेले लगाएका सम्पूर्ण आरोप अस्वीकार ।

६. माओवादी पनि सरकारमा : एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र पनि मधेश सरकारमा सहभागी, उद्योग, वन तथा पर्यटनमन्त्रीमा सुनिता यादव र सोही मन्त्रालयकै राज्यमन्त्रीमा रहबर अन्सारी नियुक्त ।

७. राजनीतिको आडमा दोषी छुटाउने प्रपञ्च : सुदूरपश्चि प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने, टीकापुर हत्याकाण्डका दोषी र सांसद अरुण चौधरीलाई रिहा गर्नुपर्ने माग ।

८. अमेरिकी अधिकारीको नेपाल मोह : अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) की प्रमुख सामन्था पावेर नेपालमा, नागरिक समाज, प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने ।

९. सहयोग कि स्थार्थ ? : नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख समान्था पावेरद्वारा नेपाललाई साढे ७ अर्ब रुपैँया आर्थिक सहयोग दिने घोषणा, लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि सहयोग दिन लागिएको भनाइ ।

१०. सचिवको सरुवा : नेपाल सरकारका चारजना सचिवको सरुवा, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुग्दा अर्जुनप्रसाद पोखरेल प्रधानमन्त्री कार्यालयमा ।

११. जलेर मृत्यु : जुम्लाको एक घरमा सोमबार राति आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु, चन्दननाथ नगरपालिका वडा नम्बर–१ स्थित लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी छोरी १४ वर्षीया बन्दना भण्डारीको गयो ज्यान ।

१२. थारुलाई छुट्टै आरक्षण : लोकसेवा परीक्षामा थारू समुदायलाई आरक्षण दिन सर्वोच्चको आदेश, यसअघि विज्ञापन भइसकेका पदमा भने नियमित रुपमा परीक्षा हुने ।

१३. विध्वंसात्मक भूकम्प : सोमबार बिहान टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा पाँचहजार जना भन्दा धेरैको मृत्यु, दशौँ हजार घाइते, उद्दार जारी ।

१४. फिक्सिङको आरोपमा थप एकजना पक्राउ : काठमाडौंमा सम्पन्न नेपाल टी–ट्वेन्टी लिगमा फिक्सिङमा संलग्न रहेको आरोपमा वीरगञ्जका नितेश गुप्ता पक्राउ, गुप्ताले बिचौलियको भूमिका निभाएको प्रहरीको भनाई, तीनजना खेलाडीलाई गरेका थिए अफर ।

१५. नेपालको शानदार जित : बंगलादेशको ढाकामा जारी यू–२० महिला च्यापिन्यशीप महिला फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा, भारत ३–१ ले पराजित ।

 

प्रतिक्रिया
सम्बन्धित