शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २३ गते २१:५६

काठमाडौं, २३ माघ । माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको जाहाज दुर्घटनाको कारण सार्वजनिक भएको छ ।

एटीआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धानबाट जहाज दुर्घटनाको कारण खुलेको हो ।

विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ । दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ ।

उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षहरूको थप अनुसन्धान गरिरहेको छ ।

हेरौँ सोमबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१. शीर्ष तीन नेताबीच के छलफल भयो ? : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल, सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल भएको भनाइ ।

२. जनसरोकारका विधेयक सदनमा लगिने : प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजनीतिक दलका प्रमुख सचेतकहरुसँगको छलफलमा विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति ।

३. राजीनामा स्वीकृत : राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले आइतबार दिएको राजीनामा स्वीकृत, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै तोकिएको राष्ट्रपति कार्यालयद्वारा जानकारी ।

४. अर्याल उपाध्यक्षमा निर्वाचित : राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित, अन्य दलको उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध ।

५. जहाज दुर्घटनाको कारण खुल्यो : माघ १ गते पोखरामा भएको यति एयरको जाहाज दुर्घटना हुनुको कारण दुबै इन्जिनका प्रोपेलरहरु फेदरमा जानु भएको अनुसन्धानबाट पुष्टि, जहाजका दुवै इन्जिनका प्रोपेलर फेदरमा कसरी गयो भन्नेबारेमा भने अनुसन्धान जारी ।

६. तीन विधेयक पारित : राष्ट्रिय सभाको सोमबारको बैठकबाट तीनवटा विधेयक पारित, अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ सर्वमम्मतिले पारित ।

७. केन्द्रीय लेखा आयोगको निर्णय : नेकपा एमालेको केन्द्रीय लेखा आयोगको पाँचौँ पूर्ण बैठक लुम्बिनीमा सम्पन्न, आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने लगायतका विभिन्न निर्णय ।

८. बैठक स्थगित : माघ २९ र फागुन १ गतेका लागि तय भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठक अनिश्चित ।

९. वडाध्यक्ष पक्राउ : भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष देवीप्रसाद कार्की बैंकिङ कसुरमा पक्राउ, ५७ लाखको पैसा नभएको चेक दिएको आरोप ।

१०. नेविसंघबीच झडप : मीनभवन क्याम्पसमा नेविसंघको संस्थापन र इतर पक्षबीच झडप, इतर पक्ष बैठक बसिरहेका बेला संस्थापन पक्षका विद्यार्थीहरुद्वारा आक्रमण ।

११. छुट्लान् त पल ? : अभिनेता पल शाहले जिल्ला अदालत नवलपरासी पूर्वको फैसलाविरुद्व उच्च अदालत पोखरामा दायर गरेको पुनरावेदन निवेदनको सोमबार सुनुवाई सम्पन्न, १५ दिनभित्र दुवै पक्षलाई झिकाउन अदालतको आदेश ।

१२. ७ वर्ष जेल सजाय : मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंद्वारा ७ वर्ष कैद सजाय, पीडितलाई ७५ हजार क्षतिपूर्ति भराउन आदेश ।

१३. आरोपीहरुको बयान सकियो : प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा जोडिएका सबैसँग प्रहरीले लियो बयान, बयान र तथ्यका आधारमा विष्लेषण गरिरहेको भनाइ ।

१४. विध्वंसात्मक भूकम्प : टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर टर्की र सिरियामा १५ सय जना भन्दा धेरैको मृत्यु, १ हजारभन्दा धेरै घाइते, उद्दार कार्य जारी ।

१५. मोन्टी बने मुख्य प्रशिक्षक : राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा मोन्टी देशाई नियुक्त, केही दिनअघिबाट प्रशिक्षण थालेका देशाईले पाए आधिकारिक नियुक्ती ।

प्रतिक्रिया
सम्बन्धित