१ कार्तिक २०८३, शनिबार

चौतारीको स्थापना दिवसमा एक लाख रुपैयाँ राशीको पुरस्कार घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २२ माघ । प्रेस चौतारी नेपाल उदयपुरले स्थापना गरेको वैकुण्ठ–उषा पत्रकारिता पुरस्कारबाट पत्रकार तुलसीप्रसाद कोईराला पुरस्कृत भएका छन् ।

संगठनको २५औँ स्थापना दिवसको अवसरमा आज आइतबार सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार कोईराला पुरस्कृत भएका हुन् ।

संगठनले आइतबार नै एक लाख राशीको उक्त पुरस्कार स्थापना गरी कोईरालालाई पुरस्कृत गरेको अध्यक्ष पुरुषोतम सापकोटाले बताए ।

उनले भने, ‘दाताले प्रदान गर्नु भएको एक लाख दश हजार ५१ रुपैयाँमध्ये दश हजार ५१ रुपैयाँ पुरस्कार दिएका छौ, बाँकी रकम मुद्दती खातामा जम्मा गरिएको छ । जम्मा भएको रकरमबाट आएको व्याजले वर्षेनी एक जना कृयाशील पत्रकारलाई पुरस्कार गरिने योजना छ ।’