
काठमाडौं, २२ माघ । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेको महत्वपूर्ण जनसंगठन प्रेस चौतारी नेपाल सम्पूर्ण श्रमजीवी पत्रकारहरूको भरोसायोग्य संगठन बन्नुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सञ्चार जगतसँग सम्बन्धित विभिन्न संगठनहरूमध्ये गतिशीलता, सेवा प्रवाह र पहलकदमीका हिसाबमा श्रेष्ठता हासिल गर्दै अब्बल संगठनका रूपमा स्थापित गर्नुपर्ने बताएका हुन् ।
संगठनलाई बलियो बनाउन पार्टीको तर्फबाट इञ्चार्जको हैसियतमा आफूले भरपूर मद्दत गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । जनताको बहुदलीय जनवादलाई आत्मसाथ गरेर अगाडि बढेको प्रेस चौतारी नेपालले आन्तरिक र बाह्य दुवै प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्नुपर्नेमा उनको जोड छ ।
बाह्य प्रतिस्पर्धाका बेला एकजुट हुनुपर्ने बताउँदै उनले स्वस्थ आन्तरिक प्रतिस्पर्धाबाट आफूलाई अब्बल र पृथक सावित गर्दै नेतृत्व क्षमता विकास गर्नुपर्ने बताए ।















प्रतिक्रिया