७ कार्तिक २०८३, शनिबार

एकैदिन २ हजारले घट्यो सुन, कति छ आज सुनको मूल्य ?

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ ।

अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार छ सय छ ।  अघिल्लो दिन उक्त सुन रू एक लाख पाँच हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४५ घटेर रु एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।