
काठमाडौं, २२ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालय शम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवम् समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।
उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका हुन् ।
‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु,’ उनले भने ।
नेपालका प्रथम गभर्नर तथा अर्थ तथा कूटनीतिक क्षेत्रका विशिष्ठ व्यक्तित्व हिमालय शमशेर जबराको निधनले मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति भएको छ । दु:खको यस घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
— Bishnu Prasad Paudel (@bpaudel1959) February 5, 2023















प्रतिक्रिया