
काठमाडौं, २२ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा २३७.२९ प्रतिशतले वृद्धि भएको छ ।
लाइफ इन्स्योरेन्सको खुद नाफा २३७.२९ प्रतिशतले बढेर ४४ करोड १ लाख ६० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने १.६० प्रतिशतले बढेको देखिएको छ । सो अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ भने कम्पनीले जगेडा तथा कोषमा भने ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ राखेको छ ।
कम्पनीले जीवन बीमा कोषमा १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ, महाविपत्ति कोष जगेडामा ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीको जीवन बीमा कोष र महाविपत्ति कोष क्रमशः २०.८४ प्रतिशत र १५.८२ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
यसैगरी कम्पनीले सोही अवधिमा कुल ७ अर्ब ८२ करोड ७५ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ४३ हाजर १४६ वटा दाबी भुक्तानी गरेको जनाएको छ । सो अवधिमा भुक्तानी हुन् बाँकी दाबी रकम भने १ अर्ब १० करोड ३ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले सो अवधिमा कम्पनीले १ अर्ब ५३ करोड ८० लाख ५१ हजार रुपैयाँ अभिकर्तालाई कमिशन दिएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ १० पैसाले वृद्धि भइ १० रुपैयाँ ७३ पैसा पुगेको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ १ पैसा कायम भएको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया