आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २१ गते २१:०५

काठमाडौं, २१ मघ । शुक्रबार केहि शान्त बनेको देशको राजनीतिक माहोल शनिबारबाट फेरि गर्माएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको २ दिनको अल्टिमेटम सकिएसँगै अब के हुन्छ भन्ने आमचासो रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृहमन्त्रालय दिन अस्वीकार गरेपछि उसले सरकारबाट बाहिरिने धम्की दिइरहेको छ ।

यसअघि २ दिनको समय दिएको रास्वपाले अब आइतबार बिहानसम्म केहि नयाँ निर्णय गर्नेसक्ने आँकलन गरिएको छ ।

हेरौँ शनिबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. प्रचण्ड ओली भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल, सत्ता गठबन्धनलाई मिलाएर लैजाने साथै समसामायिक विषयमा कुराकानी ।

२. एमालेलाई धोका ? : राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने नभए विचार मिल्ने दलसँग सहकार्य गरेर अगाडि बढ्ने माओवादी केन्द्र स्थायी कमिटी बैठकको निर्णय, एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमतिको कुरा नगरिएको भनाई ।

३. राष्ट्रिय सहमतिकै रटान : प्राप्त उपलब्धिको रक्षाका लागि राष्ट्रिय सहमति र एकता आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, राष्ट्रिय सहमतिबाट मात्रै चूनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिनेमा जोड ।

४. हेर्दै छौँ : गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्म ढङ्गले नियाली रहेको नेपाली काँग्रेसको प्रतिक्रिया, अब कसलाई गृहमन्त्री बनाउने भन्ने सन्दर्भमा सरकारमा रहेका दलहरूबीच सैद्वान्तिक र वैचारिक विवाद उत्पन्न भएको भनाई ।

५. छोरीको हत्यापछि आत्महत्या : काठमाडौंमा ७ वर्षीया छोरीको विभत्स हत्या गरेर बुबाले गरे आत्महत्या, छोरीको घाँटी रेटेर हत्या गरेपछि बाबु किशोर भण्डारीले पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाइ ।

६. नेकपा एसको केन्द्रीय कमिटी बैठक : नेकपा एकीकृत समाजवादी पार्टीको पाचौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश, बैठक भोलिसम्म जारी रहने ।

७. भीम रावलको असन्तुष्टि : विपरित सिद्वान्तका दलहरु मिलेर सरकार बनाउनु विडम्बना भएको एमाले नेता भीम रावलको भनाई, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन ‘महाअभियान’ चलाइएको भन्दै असन्तुष्टि व्यक्त ।

८. सन्दीप र क्यानविरुद्व प्रदर्शन : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेर बन्द प्रशिक्षणमा राखिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन, नेपाल क्रिकेट संघ र सन्दीपलाई बहिष्कार गर्नुपर्ने धारणा ।

९. बहुमतबाट नामांकरण : सहमतिबाट नभए बहुमतबाट प्रदेशको नामंकरण गरिने प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको भनाइ, आफूहरुको कारणले नामंकरण रोकिएको आरोप झुटो भएको दाबी ।

१०. सरकारलाई नै चेतावनी : जनताका जनजीविकाको विषयमा सरकार गम्भीर नभएको भन्दै सशक्त प्रतिकारमा उत्रने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनी, पश्चिमा शक्तिको आडमा जनतालाई भ्रमित पार्ने काम गरेको आरोप ।

११. क्यानको ६ बुँदे निर्णय : हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) द्वारा ६ बुँदे निर्णय, विमान चालकको ड्युटी समय एक घण्टा घटाइयो ।

१२. मिटरब्याजी पक्राउ : धनुषा जनकपुरधाम–१ का मिटरब्याजी दिलिप साह पक्राउ, घरमा खानतलासि गर्दा हतियार सहित विभिन्न कपाली तमसुक बरामद ।

१३. हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ : गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान श्रीमती पक्राउ, बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या गर्ने सत्यवती गाउँपालिका–१ का छबिलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ ।

१४. अमेरिकालाई चेतावनी : ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको चेतावनी, ताइवान चीनको अविभाज्य भाग भएको भनाइ ।

१५. न्यू डायमण्डको विजयी सुरुवात : छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यू डायमण्ड स्पोर्ट्स क्लबको विजयी सुरुवात उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब ३–० गोलले पराजित ।

प्रतिक्रिया
सम्बन्धित