१ कार्तिक २०८३, शनिबार

एमाले टोखा नगर कमिटीको बैठक : चुनावी समीक्षा र नगर सञ्चालन संयन्त्र गठन

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा एमाले टोखा नगर कमिटीको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनपछि बसेको बैठकले निर्वाचनको समीक्षा गर्नाका साथै नगरपालिका सञ्चालन समन्वय संयन्त्र गठन गरेको छ । संयन्त्रले टोखा नगरपालिकाको कामकारबाहीलाई प्रभावकारी बनाउन कार्ययोजना तयार गरी लागू गर्ने बताइएको छ ।

नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोलको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका विभिन्न १० वटा वडामा पार्टीले हालसम्म गरेका कामको प्रतिवेदन र नगर कमिटीको आर्थिक प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदनहरूमाथि बैठकले आवश्यक छलफल गरेको छ । यसैगरी बैठकले सदस्यता नवीकरणका विषयमा पनि विशेष छलफल गरेको अध्यक्ष डंगोलले जानकारी दिए ।

उनका अनुसार काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, नगर कमिटी इञ्चार्ज रामकृष्ण श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरु, शाखा अध्यक्षहरू र नगर कमिटीका सम्पूर्ण सदस्यहरूको उपस्थिति बैठकमा थियो ।