१ कार्तिक २०८३, शनिबार

गृहमन्त्रीसम्बन्धी समस्या समाधान हुन्छ, कुरा भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीसम्बन्धी भइरहेको विवादको समाधान गरिने बताएका छन् ।

आज शनिबार पार्टीको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा उनले दलहरूसँग छलफल भइरहेको र उक्त समस्या समाधान हुने प्रतिक्रिया दिएका हुन् । ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ,’ प्रधानमन्त्रीले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा दिएको समयसीमा पनि आज सकिदै छ ।

नागरिकता विवादमा मुछिएर सबै पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइै पुन: गृहमन्त्री नबनाउने प्रधानमन्त्री प्रचण्डको अडानका कारण सत्ता गठबन्धन नै धरापमा पर्ने खतरा सृजना भएको छ ।

गैरसांसदलाई पनि मन्त्री बनाउन मिल्ने व्यवस्थालाई टेकेर रवि लामिछानेलाई पुन: गृहमन्त्रीमा नियुक्त गरिनुपर्ने दबाब प्रधानमन्त्रीलाई छ ।