१ कार्तिक २०८३, शनिबार

क्रिकेटर सन्दीप र क्यानविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटो/भिडिओ)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरी क्यानले बन्द प्रशिक्षण राखेको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

मुद्दाको अन्तिम फैसला नभइ सन्दीपलाई राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा सामेल गरेको, नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ गरेको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघर मण्डलामा क्यानविरुद्ध प्रदर्शन गरेका हुन् ।

सन्दीपको बलात्कार मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा सामेल गरेको हो । सन्दीप शुक्रबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षणमा समेत सामेल भइसकेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरुले उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद, क्यानका लठुवाहरुको बेइमानी, बलात्कार अभियुक्तहरुको जमानी, मेरो राष्ट्रिय टिममा वलात्कारको अभियुक्त हुन सक्दैन लगाएतका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिष्कार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अनुमति दिएपछि सन्दीपलाई टीममा सामेल गरिएको क्यानको भनाई छ । सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।

असोज २० गते उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

हेरौँ केही तस्वीरहरू र दृश्य–