आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ २० गते २१:२५

काठमाडौं, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्वि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ मा निर्मित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

शुक्रबार देशको राजनीति सामान्य अवस्थामै बित्यो । राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार दुई दिन कुर्ने निर्णय गरेपछि राजनीतिक समान्य गतिमै अगाडि बढेको हो ।

रास्वपाको अल्टिमेटमपछि भने देशको राजनीतिक फेरि गर्माउने अधिकांशको आँकलन छ ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. शिक्षामा प्रधानमन्त्रीको जोड : शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन।

२. श्रेष्ठ र नेपालबीच छलफल : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता, पार्टी एकता लगायतका विषयमा छलफल ।

३. सांसद कि तस्कर ? : वन्यजन्तु तस्करी मुद्दामा दोषी ठहर गर्दै पर्सा राष्ट्रिय निकुञ्जले २ जना प्रदेश सांसद र पूर्व गाउँपालिका अध्यक्षसहित ४७ जनाविरुद्द मुद्दा दायर गर्‍यो, मुद्दा दायर गरिएकामा पर्सा क्षेत्र नम्बर ३(१) का प्रदेश सांसद प्रमोदकुमार जयसवाल, काठमाडौंका क्षेत्र नम्बर ५(२) का प्रदेश सांसद श्याम खड्का र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयवाल ।

४. रास्वपा खारेजको निवेदनमा प्रष्टीकरण : निर्वाचन आयोगमा दर्ता भएको दल खारेजको माग गर्ने अधिकारी कुनै पनि व्यक्तिलाई नभएको निर्वाचन आयोगको स्पष्टीकरण, दलसम्बन्धी विवाद कानुन बमोजिम टुंगो लगाउने भनाई ।

५. माओवादी बिना सरकार विस्तार : मधेश प्रदेशको मन्त्रिपरिषद् बिस्तार, ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ, मन्त्रालयमा असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र सरकारमा गएन ।

६. मधुसुदन बने प्रमुख सचेतक : मधुसुदन पौडेल बागमती प्रदेश एमाले संसदीय दलको प्रमुख सचेतक बने, संसदीय दलको नेता जगन्नाथ थपलियाले पौडेललाई सचेतकमा नियुक्त ।

७. कैफियत प्रतिवेदन माग : सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दर्ता गरेको पुनरावेदनमा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश, आफूसँग धेरै धरौटी मागेको र विदेश जान रोक लगाएको भन्दै सर्वोच्चमा पुनरावेदन गर्ने तयारीमा सन्दीप ।

८. उमेर बाधक नबनोस् : लोकसेवा आयोग पास गरी प्रदेश र स्थानीय तहमा कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद नलगाउन सर्वोच्च अदालतको अन्तरिम आदेश, परिक्षामा संलग्न हुन पाउने ।

९. बलात्कार आरोपमा वृद्दलाई जन्मकैद : नाबालिका बलात्कार आरोपमा तनहुँ जिल्ला अदालतले भानु नगरपालिका– १० का ७३ वर्षीय वृद्दलाई सुनायो जन्मकैदको फैसला, आरोपितमाथि तीन वटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुई वटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी ।

१०. अनावश्यक लिंक नखोलौँ : नेपाली केटी मोबाइल एप बनाएर ठगी गर्ने ८ जना पक्राउ, सामाजिक सञ्जालमा एपको लिंक पठाएर फोनमा पहुँच पुुर्‍याइ बैंक खाताबाट रकम चोरी गर्ने गरेको खुलासा ।

११. महिला तथा बालबालिका बेचबिखन : दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाई भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना नेपाली महिलाहरुको उद्दार, झाँक्रीलाई बेच्न लागिएकी एक बालिकाको पनि उद्दार, ६ जना पक्राउ।

१२. तलबको लोभ देखाएर शोषण : आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको खुलासा, पीडितको जाहेरीपछि उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी पक्राउ ।

१३. सुनको मूल्यमा गिरावट : शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा १४ सयले गिरावट, छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय, तेजावी सुन १ लाख ५ हजार ६ सय र चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैँयामा कारोबार ।

१४. जमिनको विषयमा झडप : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु जमिनको विवादलाई लिएर भएको झडपमा १ जनाको मृत्यु ।

१५. सन्दीपको कमब्याक : राष्ट्रिय टीमको बन्द प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने, भारतीय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण दिने ।

 

प्रतिक्रिया
सम्बन्धित