
काभ्रे, २० माघ । काभ्रेको पाचँखालमा लोड गरी राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ ।
बिहीबार दिउँसो जिल्लाको पाचँखाल नगरपालिका-९ डाँडागाउँमा प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया