४ कार्तिक २०८३, बुधबार

सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज सुनको मूल्य तोलामै १४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा १२ सयले बढ्दै सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।