शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १८ गते २०:५९

काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी अवैधानिक भएको भन्दै खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

युवराज पौडेलले रवि लामिछाने नेतृत्वको रास्वपा खारेज गर्न माग गर्दै निवेदन दिएका हुन् । रवि लामिछाने पुरानै नागरिकताबाट पार्टी दर्ता गरेको भन्दै पार्टी अवैधानिक भएको निवेदनमा उल्लेख गरिएको छ ।

यसैबीच, पछिल्लो समय देश आत्मदाहको घटनाले तरंगित भइरहेको छ । केहि दिनअघि इलामका प्रेमप्रसाद आचार्यले काठमाडौंमा आत्मदाह गरेपछि लगातार आत्मदाहका घटना आइरहेका छन् ।

आचार्यको घटनापछि पोखरामा आत्मदाहको घटना घटेको थियो भने बुधबार बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

बागलुङ नगरपालिका-८ का ५२ वर्षीय शेरबहादुर जिसीले आत्मदाहको प्रयास गरेका हुन् ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. पार्टी खारेज गर्न माग : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै युवराज पौडेलले निर्वाचन आयोगमा दर्ता गरे निवेदन, लामिछानेले पार्टी दर्ता गर्दा अवैधानिक नागरिकता पेश गरेको र पार्टी खारेज हुनुपर्ने माग ।

२. प्रचण्ड र ओलीबीच छलफल : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता, गृहमन्त्री नियुक्त साथै राष्ट्रपति निर्वाचनका विषयमा छलफल ।

३. जनता लागे मात्रै विसंगति रोकिन्छ : सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, जनताले रोकथाम गर्दा मात्र विकृति विसङ्गति नियन्त्रण हुने धारणा ।

४. नभ्याएपछि… : बुधबार बस्ने तय भएको माओवादी स्थायी कमिटी बैठक स्थगित, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्ताले बैठक स्थगित गरिएको भनाई ।

५. प्रधानमन्त्री र मुख्यमन्त्रीबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच बालुवाटारमा भेटवार्ता, समसामायिक राजनीतिक विषयवस्तुमा छलफल ।

६. विकराल बन्दै आत्मदाह : बागलुङमा पनि एक पुरुषले गरे आत्मदाहको प्रयास, आत्मदाह प्रयास गर्नेमा बागलुङ नगरपालिका ८ का ५२ वर्षीय शेरबहादुर जिसी, धौलागिरी अस्पतालमा उपचार हुँदै ।

७. भारतबाट मूल्य बढेर आयो : भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आयो ।

८. सम्झौता पत्र सार्वजनिक गर : सरकार र तत्कालीन माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति सार्वजनिक गर्न सांसद एकनाथ ढकालको माग, पीडितहरूबाट ६० हजारभन्दा धेरै उजुरी प्राप्त गरेको भएको भए पनि हालसम्म एउटै पनि अनुसन्धान गर्न सफल नभएको भनाइ ।

९. भागबण्डा नमिल्दा… : मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति जुट्न सकेन ।

१०. घट्यो सहयोग : भारतले नेपाललाई दिने सहयोग रकम घटायो, नेपालले भारतबाट आठ अर्ब ८० करोड नेपाली रुपैँया मात्रै सहयोग पाउने ।

११. श्रीमती र छोराहरु नै दुष्मन : जाजरकोटमा ५ वर्षअघि श्रीमती र छोराहरुले हत्या गरेर गाडेको अवस्थामा पुरुषको शव फेला, भेरी नागरपालिका–६ का काले कामीको हत्या आरोपमा श्रीमती भद्रकला र छोराहरु तुल्सीराम र गोविन्द पक्राउ ।

१२. बुधबार बढ्यो सुनको मूल्य : नेपाल बजारमा बुधबार सुनको मूल्य पाँचसयले बढ्यो, छापावाल सुन १ लाख ६ हजार ३ सय, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८ सय र चाँदी प्रतितोला १३ सय ७० रुपैँयामा कारोबार ।

१३. डुंगा दुर्घटना हुँदा गयो ज्यान : पाकिस्तानमा गत आइतबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ५२ पुग्यो, मृत्यु हुने अधिकांश स्कूले बालबालिकाहरु ।

१४. आरोपपछि पद छोड्न बाध्य : नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्लले दिए पदबाट राजीनामा, क्यानका पदाधिकारी नै नेपाल टी ट्वेन्टी लिगको स्पट फिक्सिङमा लागेको आरोपपछि छोडे पद ।

१५. क्यानको बोर्ड बैठक : १३ निर्णय पारित गर्दै सकियो नेपाल क्रिकेट संघ –क्यान) को बोर्ड बैठक, सन्दीपको निलम्बन फुकुवादेखि यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झा लाई नियुक्त गर्नेसम्म ।

 

प्रतिक्रिया
सम्बन्धित