७ कार्तिक २०८३, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सको ‘ब्रान्च मेनेजर कन्फरेन्स’ सम्पन्न

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ ।

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन गरिएको हो । जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी चालू आवको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कार्यक्रम गरिएको लाइफ इन्स्योरेन्सले जनाएको छ ।

सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गएको बताउँदै आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाँसिल गर्न सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा सुझाव दिएका थिए ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कारबाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुती दिएका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझा, विभागीय प्रमुख तथा देशभरबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु सहित गरेर १५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।