शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १७ गते २१:११

काठमाडौं, १७ माघ । पछिल्लो पटक गृहमन्त्रालको विषयले देशको राजनीति तरंगित बनेको छ ।

नागरिकता पुन: प्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा पुन: दाबी गरेपछि अहिले गृहमन्त्रायको विषय पेचिलो बनेको हो ।

सत्ता गठबन्धन दलहरुबीच नै गृहमन्त्रालयको विषयमा विभाजित देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्रालयमा रविलाई पुन नल्याउने पक्षमा छन् भने रविले भने गृहमन्त्रालय नपाए सरकार छोड्नेसम्मको धम्की दिइरहेका छन् ।

यसैबीच, प्रमुख सत्ता घटक दल नेकपा एमाले पनि रविको पक्षमा देखिएको छ । पूर्व सहमति अनुरुप गृहमन्त्री रविलाई नै बनाउनुपर्ने पक्षमा एमाले रहेको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु-

१.रविको पक्षमा ओली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता, सरकार गठनका बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने अध्यक्ष ओलीको भनाई ।

२. रविलाई नफर्काउने कसरत : रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री नियुक्त नगर्ने माओवादी केन्द्रको निर्णय, गृहमन्त्रालय नपाए सरकार छोड्ने मनस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी ।

३. शासन सिंहदरबारबाटै गर्छु : आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबार बाटै गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ, यसअघिका गल्ती नदोहोर्‍याउने विश्वास व्यक्त ।

४.रविलाई संकटमाथि संकट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी छानबिन गर्न मागगर्दै युवराज पौडेल ‘सफल’ले प्रहरीमा दिए उजुरी, नागरिकता मुद्दाको पूर्णपाठ नआएको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न मानेन ।

५. आत्मदाह प्रकरणमा मुछिए उपेन्द्र : इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले व्यवसायी उपेन्द्र महतोसँग लियो बयान, महतोको कम्पनीले सामान लिएर पैसा नदिएको आरोप ।

६.सन्दीपलाई थुनामै राख्नुपर्ने माग : क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्व सर्वोच्च अदालतमा रिट दायर, सन्दीपलाई छोड्ने अदालतको आदेश बदर गर्न माग ।

७.परराष्ट्रमन्त्री र राजदूतबीच भेट : परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाइ उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह ।

८. स्वास्थ्यमन्त्रीको निर्देशन : नागरिकको स्वास्थ्यको सवालमा गम्भीर भएर कार्यसम्पादन गर्न औषधि व्यवस्था विभागलाई स्वास्थ्यमन्त्री पदम गिरीको निर्देशन, प्रभावकारी कार्यसम्पादनमा मन्त्रालयको तर्फबाट विभागलाई पूर्ण समर्थन हुने प्रतिवद्वता ।

९. अरुण भत्किदा कामदारको गयो ज्यान : संखुवासभामा निर्माणधिन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा एकजनाको मृत्यु, दुईजना घाइते, मृत्यु हुनेमा सिन्धुपाल्चोका २० वर्षीय सूर्य गोले र घाइते हुनेहरुमा सिन्धुपाल्चोककै ३८ वर्षीय मंगलतामाङ र भोजपुरका ४५ वर्षीय भीमबहादुर पाण्डे ।

१०. शव चिन्नै नसकेपछि… : माघ १ गते पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएका ६ जनाको डीएनए परीक्षण सुरू, शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने ।

११. निर्दयी छोरा : वृद्दा भत्ता नदिएको भन्दै कैलालीमा ४० वर्षीय छोराले गरे ७१ वर्षीया आमाको हत्या, आमा लगनी देवीको हत्या गर्ने छोरा श्रीराम पक्राउ ।

१२.घट्यो सुनको मूल्य: मंगलबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घट्यो, छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय, तेजावी सुन १ लाख ५ हजार ३ सय र स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार ।

१३.विष्फोटमा मृत्यु : सोमबार पाकिस्तानको एक मस्जिदमा भएको बिष्फोटमा मृत्यु हुनेको संख्या ९० पुग्यो, मृत्यु हुनेमा ९० प्रतिशत प्रहरी अधिकारी ।

१४. सम्झौता तोडियो : भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले नेपाल टी–२० लिग आयोजनाका लागि नेपाल क्रिकेटसंघ (क्यान) सँग गरेको सम्झौता तोड्यो, क्यानसँग प्रतियोगिताको लाइसेन्स बापत दिएको एक करोड २० लाख रुपैयाँ माग्यो फिर्ता ।

१५. खेलाडीको बिदाई : बंगलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको बिदाइ, प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानले प्रतिस्पर्धा गर्ने ।

 

प्रतिक्रिया
सम्बन्धित