आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १६ गते २१:१३

काठमाडौं, १६ माघ । सोमबार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शहीदहरुप्रति श्रद्दाञ्जली अर्पण गरेका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीदहरुप्रति श्रद्दाञ्जली अर्पण गरेका छन् ।

यस्तै, निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने मिति सार्वजनिक गरेको हो ।

हेरौँ सोमबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. शहिदहरुलाई राष्ट्रपतिको श्रद्दाञ्जली : विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइयो, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शहिदहरुप्रति श्रद्दाञ्जली अर्पण, आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको भनाइ ।

२. शहिदहरुप्रति प्रधानमन्त्रीको सम्मान : शहिद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा लैनचौरस्थित शहिद स्मारकमा पुगेर शहिदहरुप्रति सम्मान प्रकट, संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव भएको भनाइ ।

३. तोकियो मिति : निर्वाचन आयोगले तोक्य राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति, राष्ट्रपतिको निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने ।

४. मन्त्रिपरिषद्को निर्णय : राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, सदस्य नियुक्त हुनेहरुमा सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाही ।

५. माओवादी पदाधिकारी बैठक : सोमबार बसेको माओवादी पदाधिकारी बैठकमा पदाधिकारी थप गर्ने, सरकारको कामको समीक्षाका साथै पार्टी एकता कार्यदललगायतका विषयमा छलफल, माघ १८ गते स्थायी कमिटी बैठक बस्ने निर्णय ।

६. अमेरिकी विदेशमन्त्रीको दौडधुप : अमेरिकी विदेशमन्त्री भिक्टोरिया न्युल्यान्डद्वारा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राइ पौडेलसँग भेटवार्ता, द्विपक्षीय सम्बन्ध लगायतका विभिन्न विषयमा छलफल ।

७. बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच बालुवाटारमा भेटवार्ता, सुकुम्बासी वस्ती हटाउँन मेयर साहले मागे प्रधानमन्त्रीसँग सहयोग ।

८. बचाउन खोज्दा गयो आफ्नै ज्यान : कास्कीको पोखरा-१३ काहुँखोलामा आत्मदाह प्रयास गरेका कृष्णबहादुर खत्रीलाई बचाउने क्रममा घाइते भएकी घरबेटी संगीता सापकोटाको मृत्यु, कृष्णबहादुरको उपचार हुँदै ।

९. हिरासतबाटै फरार : धनुषाको इलाका प्रहरी कार्यालयको हिरासतबाट ६ जना अभियुक्त फरार, हिरासतको भित्तो फोडेर भागेको प्रहरीद्वारा जानकारी ।

१०. गुरुङ पनि तानिए छानबिनमा : इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको प्रकरणमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसँग प्रहरीले लियो ३ घण्टा लामो बयान, आचार्यसँग सामान लिएर पैसा नदिएको आरोप ।

११. बढ्दै सुनको मूल्य : सोमबार नेपाली बजारमा सुन तोलामा ३ सयले बढ्यो, छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय, तेजावी सुन १ लाख ५ हजार ८ सय र चाँदी प्रतितोला १३ सय ६५ रुपैँयामा कारोबार ।

१२. कति निर्दयी मान्छे : बाँकेको कोहलपुर नगरपालिकाका ३२ वर्षीय भानुभक्त विक श्रीमती र छोरालाई पेट्रोल छर्किएर लगाए आगो, २ वर्षीय छोरा प्रिन्जको उपचारका क्रममा मृत्यु, श्रीमती गंगा विकको गम्भीर अवस्थामा उपचार हुँदै, भारत भाग्दै गरेका भानुभक्त प्रहरीद्वारा पक्राउ ।

१३. भारतको हेपाहा प्रवृत्ति : भारतको हेपाहा प्रवृतिबाट नेपालीको ज्यान नै जोखिममा, बिना जानकारी भारतले शारदा ब्यारेजको ढोका खोल्दा २० मजदुर महाकाली नदीमा फसे, प्रहरीद्दारा सकुशल उद्दार ।

१४. चिसोले मृत्यु : चिसो र कठ्याङ्ग्रिदो जाडोका कारण विगत एक महिनामा अफगानिस्तानमा १६८ जनाको मृत्यु, आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने अफगानिस्तानको मौसम पूर्वानुमान अधिकारीहरूको चेतावनी ।

१५. बन्द प्रशिक्षणमा खेलाडी : नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४३ खेलाडीलाई डाकियो, बन्द प्रशिक्षण मंगलबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुने ।

प्रतिक्रिया
सम्बन्धित