१ कार्तिक २०८३, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा आज सोमबार बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढीकरण, कार्यविभाजनलगायत विषयमा गृहकार्य भएको र नटुङ्गिएकाले बुधबार मात्रै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो । प्रवक्ता महराले मंगलबार पदाधिकारी बैठकमा थप गृहकार्य गर्ने र १८ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको बताए ।

उनले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा बैठकमा छलफल नभएको जानकारी दिए । मन्त्रालयको विषय प्रधानमन्त्रीले टुङ्गो लगाउने भएकाले पार्टीले हस्तक्षेप नगर्ने उनको भनाइ छ ।

त्यसअघि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री कसलाई बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री बनेपछि थाहा हुने बताएका थिए ।