१ कार्तिक २०८३, शनिबार

राष्ट्रपति लिने कोसिस जारी छ, तर सरकारमा भने जाँदैनौँ : नेता केसी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति पद आफूले लिनका लागि कांग्रेसको आफ्नो कोसिस जारी राखेको बताएका छन् ।

भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताएका हुन् ।

राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको र राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ छ । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् ।

राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गरिने उनको भनाइ छ ।

कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपर्ने भए पनि आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुगेको बताउँदै नेता केसीले अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हुनेमा जोड दिए ।