१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशका मुख्यन्यायधिवक्ता नेपालले लिए शपथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ माघ । बागमती प्रदेशका मुख्यन्यायधिवक्ता ज्ञानेन्द्र नेपालले शपथ लिएका छन् ।

सोमबार हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा उनलाई उच्च अदालत पाटनका मुख्यन्यायाधीश महेश पुडासैनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनी माघ १२ गते मुख्यन्यायधिवक्तामा नियुक्त भएका थिए। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जमरकट्टेलको सिफारिसमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई प्रदेश सरकारको मुख्यन्यायधिवक्तामा नियुक्त गरेका थिए।

आज भएको शपथ कार्यक्रममा प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री जमरकट्टेल, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल लगायतको उपस्थिति रहेको थियो ।