
काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ ।
आयोगले राष्ट्रपतिको चुनाव फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गर्ने मिति तय गरेको हो । सम्भवत आजै निर्वाचत कार्यतालिकासमेत प्रकाशन गर्ने आयोगको तयारी रहेको छ ।
आयोगले निर्बावाचन मितिबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।















प्रतिक्रिया