१ कार्तिक २०८३, आइतबार

सरकारले विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुको प्रदर्शन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । सरकारले आफूहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारले विभेदपूर्ण व्यवहार गरेको र बित्तिय संस्थाहरुको आतंकविरुद्ध व्यवसायीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले व्यवसायिक वातावरण तयार गर, ब्याजदर घटाउ, गरी खान देउ, उद्योग ब्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, बैंकिङ आतंक बन्द गर, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै उनीहरुले सहज रुपमा उद्योग र व्यवसायी सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । उच्च ब्याजदरका कारण बैंकहरु सधैँ नाफामा हुने तर आफूहरु भने सधै घाटामा गएको गुनासो उनीहरुले गरेका छन् ।