
काठमाडौं, १६ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साझा नीति र कार्यक्रमबाट सरकार सञ्चालन हुने बताएका छन् ।
सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने पोखरेलले बताएका हुन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु भएको बताए ।
“राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भने ।
केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उनले व्यक्त गरे ।















प्रतिक्रिया