
काठमाडौं, १६ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रबाट उर्मिला अर्याल उम्मेदवार बन्ने भएकी छिन् ।
माओवादीले उपाध्यक्षमा अर्याललाई उम्मेदवार बनाउने तयारी गरेको हो । नेकपा एमाले र नेकपा माओवादीबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ ।
राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ । विगत एक वर्षदेखि राष्ट्रियसभा उपाध्यक्षको पद रिक्त छ ।















प्रतिक्रिया