१ कार्तिक २०८३, आइतबार

आत्मदाह प्रयास गरेका कृष्णबहादुरलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । आइतबार पोखरामा आत्मदाह प्रयास गरेका व्यक्तिलाई बचाउने क्रममा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

पोखरा-१३ काहूँखोलामा कृष्णबहादुर क्षेत्रीले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका थिए । उनले आगो लगाएको देखेपछि बचाउन पुगेकी ४० वर्षीया संगीता सापकोटाको आज मृत्यु भएको हो ।

संगीता कृष्णबहादुरका घरबेटी हुन् । कृष्णबहादुरले उनकै घरमा स्टेशनरी सञ्चालन गर्दै आएका थिए ।