
काठमाडौं, १६ माघ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघकाअुनसार आज सुन प्रतितोला ३ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार तीन सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८ सय रुपैँयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी प्रतितोला एक हजार तीन सय ६५ रुपैँयामा कारोबार भइरहेको छ ।















प्रतिक्रिया