आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ १५ गते २०:२६

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि नागरिकताबिहीन भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पुन: नागरिकता कायम गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर लामिछाने नागरिकता कायम गराएका हुन् । यसैबीच लामिछानेले नागरिकता लिएसँगै उनको पार्टी सभापति पदमा चयन भएका छन् ।

नागरिकता कायम भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई पुन: सभापति चयन गरेको हो ।

हेरौँ आइतबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-

१. प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता, राष्ट्रपतिको निर्वाचन, गृहमन्त्री नियुक्त लगायत विषयमा छलफल ।

२. उत्साह दिनुपर्ने चुनौती : देशलाई नयाँ उत्साह दिनुपर्ने चुनौती रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, देशको अर्थतन्त्र पनि सवल नभएको अवस्थामा शिक्षा, स्वास्थ्य, रोजगारी, वैदेशिक रोजगारी लगायत क्षेत्रमा नयाँ काम गर्नुपर्ने आवश्यकता रहेको धारणा ।

३. अब रवि पनि नेपाली नागरिक : रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिए नागरिकता, नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर पुन नागरिता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयको भनाइ ।

४. रवि पुन: सभापति : राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन रवि लामिछाने चयन, प्रक्रिया पुर्‍याएर नागरिकता लिएसँगै पुरानो नागरिकताबाट लिएको राहदानी बुझाए राहदानी विभागमा ।

५. गृहमा रास्वपाकै दाबी : गृहमन्त्रालय आफूहरुले नै पाउनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकको निष्कर्ष, सरकारमा रवि नै जाने कि अरुलाई पठाउने भन्ने निक्र्योल गर्न बाँकी ।

६. उपप्रधानमन्त्री र राजदूतबीच भेट : उपप्रधानमन्त्री नागरायणकाजी श्रेष्ठ र चिनिँया राजदूत चेन सोङबीच भेटवार्ता, आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल ।

७. उजुरी बुझाउन समय थप : नेपाली काँग्रेसद्वारा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेविरुद्ध परेका उजुरी केन्द्रमा बुझाउने समयावधि थप, माघ मसान्तसम्म बुझाउन सकिने ।

८. मिति तोक्न दबाव : राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काको माग, निर्वाचन आयोगले फागुन २८ गते अगाडि नै निर्वाचन सम्पन्न हुनेगरी मिति तोक्नुपर्नेमा जोड ।

९. उच्च अदालतविरुद्व सरकारी वकिल : सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको निर्णयविरुद्व सरकारी वकिलले सर्वोच्च अदालतमा रिट दायर गर्दै, सोमबारसम्म रिट दर्ता भइसक्ने ।

१०. फेरि आत्मदाहको प्रयास : पोखर महानगरपालिका–१३ काहुँखोलाका कृष्णबहादुर क्षेत्रीद्वारा आत्मदाहको प्रयास, बचाउने क्रममा स्थानीय संगीता सापकोटा पनि घाइते, दुवैको गम्भीर अवस्थामा उपचार हुँदै

११. कसले गर्‍यो हत्या ? : गुल्मीको मुसीकोट नगरपालिका–७ की ५७ वर्षीया गंगा शेरचन हात खुट्टा बाँधिएको अवस्थामा घरभित्रै मृत फेला, कुकुरसहितको टोली खटाएर अनुसन्धान थालिएको प्रहरीद्वारा जानकारी ।

१२. काम नगर्नेलाई कारबाही : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई राख्यो कालोसूचीमा, एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने ।

१३. महानगरविरुद्व प्रदर्शन : काठमाडौं महानगरपालिकाविरुद्व काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन, महानगरपालिकाले गैरकानुनी रुपमा ज्यादती गरेको आरोप ।

१४. बालबालिकाको गयो ज्यान : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु, गोताखोरद्वारा १६ जनाको उद्दार ।

१५. राजीनामा माग : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीले राजीनामा दिनुपर्ने केन्द्रीय सदस्यहरुको माग, नेपाल टी–ट्वेन्टी लिगमा भएको स्पट फिक्सिङमा संलग्न रहेको आरोप ।

प्रतिक्रिया
सम्बन्धित