१ कार्तिक २०८३, आइतबार

अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौं आइपुगिन्

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । मेरिकाको विदेशमन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्ड काठमाडौं आइपुगेकी छन् ।

आइतबार साँझ नुल्याण्ड काठमाडौं आइपुगेकी हुन् । नेपालमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएपछि अमेरिकाबाट भएको यो पहिलो उच्च तहको भ्रमण हो ।

नुल्याण्डले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।